नर्सिङ पढ्ने छात्रा छात्रावासको बाथरुममा मृत फेला

नर्सिङ पढ्ने छात्रा छात्रावासको बाथरुममा मृत फेला

जनकपुरधाम । रौतहटको गरुडा नगरपालिका १ स्थित गजेन्द्र नारायण स्मृति अस्पतालको डिप्लोमा फार्मेसी अध्ययनरत एक छात्रा मृत फेला परेकी छन् ।

डिप्लोमा फार्मेसी पहिलो वर्षमा अध्ययनरत छात्रा सुमन कुमारी बैठा मृत फेला परेकी हुन् । बाराको विश्रामपुर घर भएकी उनी छात्रावासको बाथरुममा मृत फेला परेकी बताइएको छ ।

रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले झुन्डिएको अवस्थामा छात्रा सुमन मृत फेला परेको जानकारी दिए । उनले भने, ‘झुन्डिएकै हो कि के हो ? थप अनुसन्धान भइरहेको छ ।’