एसईई दिएर फर्किएकी किशोरी घरमा झुन्डिइने, के छ सुसाइड नोटमा

एसईई दिएर फर्किएकी किशोरी घरमा झुन्डिइने, के छ सुसाइड नोटमा

बझाङ । बझाङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर घर फर्केकी एक किशोरी मृत भेटिएकी छन् । केदारस्यूँ गाउँपालिका–१ रायलका शिक्षक तथा साहित्यकार पूर्ण मल्लकी १७ वर्षीया छोरी आकांक्षाले मंगलबार साँझ घरकै कोठामा मृत भेटिएकी हुन् । उनले आत्महत्या गरेको बताइएको छ ।

बझाङका प्रहरी नायव उपरीक्षक युवराज भण्डारीका अनुसार मल्ल मंगलबार अनिर्वाय विज्ञानको परीक्षा दिएर घर आएकी थिइन् ।

‘मंगलबार बिहान परीक्षा दिएर फर्किएकी उनी साँझ घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्,’ भण्डारीले भने, ‘साथमा ‘सुसाइड नोट’ पनि भेटिएको छ । अरु कसैले नभई आफ्नै कारणले आत्महत्या रोजेको लेखिएको छ । तर कारण उल्लेख गरिएको छैन ।’

भण्डारीका अनुसार परीक्षा बिग्रिएका कारण मल्लले आत्महत्याको बाटो रोजेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । उनी केदारस्यूँ गाउँपालिका–१ स्थित गर्जेपानी माध्यमिक विद्यालयमा अध्यनरत थिइन् । उनका बुवा पनि उक्त विद्यालयका शिक्षकका रुपमा कार्यरत छन् ।