थाइल्याण्डमा ६ दशमलव ४ म्याग्नीच्युडको भूकम्प,१०० भन्दा बढी पराकम्पनको महसुस

थाइल्याण्डमा ६ दशमलव ४ म्याग्नीच्युडको भूकम्प,१०० भन्दा बढी पराकम्पनको महसुस

रासस: थाइल्याण्ड र लाओसको सीमा क्षेत्रमा बिहीबार बिहान ६दशमलव ४ म्याग्नीच्युडको भूकम्प गएको छ ।
थाइल्याण्डको मौसम विज्ञान विभागका महानिर्देशक सोम्साक खावसुवानले १०० भन्दा बढी कम्पन आएको जानकारी दिनुभयो । भूकम्पका कारण त्यस क्षेत्रका बासिन्दा त्रसित भएका अधिकारीहरुले जानकारी दिएका छन् ।
स्थानीय समयानुसार नोभेम्बर २० तारिखको राती ११ बजेसम्ममा १०० पटक पराकम्पन आएको उनले बताए ।
महानिर्देशक सोम्साकले ६।४ म्याग्नीच्युडको सवै भन्दा ठूलो भूकम्प स्थानीय समयानुसार आज विहान ६बजेर ५० मिनट जादा गएको जानकारी दिनुभयो । भूकम्पका कारण विद्यालयहरु बन्द घोषणा गरिएको छ । ठूलो क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले बताएका छन् ।