पाँच दिनदेखि बेपत्ता भएका भारतीय युवक कालीगण्डकीमा मृत फेला

पाँच दिनदेखि बेपत्ता भएका भारतीय युवक कालीगण्डकीमा मृत फेला

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको बगनासकाली  गाउँपालिका वार्ड ५ कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर पाँच दिनअघि बेपत्ता भारतीय नागरिक आइतबार मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारतको उत्तर प्रदेश गोरखपुर घर भएका २५ वर्षीय शिवम् पाण्डे नुहाउने क्रममा बुधवार दिउँसोदेखि बेपत्ता भएका थिए । पाल्पाको बगनासकाली गाउँपालिका–५, राम्दी स्थित काली गण्डकी नदीमा नुहाउने क्रममा पाण्डेय बेपत्ता भएका पाण्डेको शव राम्दी घाटदेखि झन्डै एक किलोमिटर तल्लो भागमा बगेको अवस्थामा भेटिएको हो । 

पोखराबाट घुमेर घर फर्किएका पाण्डेसहित ४ जना काली गण्डकीमा नुहाउन गएकामा पाण्डेय डुबेर बेपत्ता भएको प्रहरीले बताएको छ । शवलाई जिल्ला अस्पताल पाल्पा  पठाएको छ । प्रहरीले घटनाको बारे थप अनुसन्धान सुरु भएको जनाएको छ ।