प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक

प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेका छन् । बिहान मात्रै बसेको मन्त्रिपरिषदको बैठक बेलुकी पाँच बजेको लागि पुनः दोस्रो पटक बोलाइएको हो ।

साझको बैठकमा पनि बिहानकै एजेण्डालाई निरन्तरता दिने बुझिएको छ । बिहान बसेको मन्त्रिपरिषद बैठकले डा। भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।