काठमाडौंँ । संयुक्त राज्य अमेरिकाले भिसावाहकलाई निगरानीमा राखिने भएको छ ।नेपालस्थित अमेरिकी दूतावासले भिसा प्राप्त गर्नेहरु निरन्तर निगरानीमा रहने जानकारी दिएको हो ।
भिसा प्राप्त गरेका सबैले अमेरिकी कानुन र आप्रवासनसम्बन्धी नियमको पालन गरेको/नगरेको भन्ने जाँच निरन्तर भइरहने दूतावासले जनाएको छ । “अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन । सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसा वाहकहरूको जाँच गर्छौं – र यदि उनीहरूले नियम उल्लङ्घन गरेको खण्डमा हामी उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौं ।” दूतावासले भनेको छ ।
डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि अवैध आप्रवासीमाथि कडाइ गरिरहेका छन् ।