मन्त्रिपरिषद्को बैठक जारी, आईजीपीको नियुक्ति हुँदै

मन्त्रिपरिषद्को बैठक जारी, आईजीपीको नियुक्ति हुँदै

काठमाडौं। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ। आजको बैठकले नेपाल प्रहरीको प्रहरी िमहानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने बताइएको छ। आज नै प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँबरले अवकाश पाएका छन्।


नेपाल प्रहरीको ३१औं आईजीपी बन्ने लाइनमा सीआईबीका निर्देशक एआईजी दीपक थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ रहेका छन्।