राजनीति हलचलपछि देउवाले बोलाए पदाधिकारी बैठक

राजनीति हलचलपछि देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

भोलि दिउँसो २ बजे सभापतिको निवास बूढानीलकण्ठमा बस्नेगरी बैठक बोलाइएको सहमहामन्त्री महेन्द्र यादवले  बताए । उनका अनुसार बैठकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीका आन्तरिक गतिविधि, सदनको प्रभावकारितालगायतको विषयमा छलफल हुनेछ । बैठकमा पछिल्लो समय राजावादीहरूको बढ्दो सक्रियताको विषयमा पनि छलफल हुने जनाइएको छ ।

प्रचण्डले देउवाको नेतृत्वमा सहमतिको सरकार गठनको प्रस्ताव गरेपछि कांग्रेस पदाधिकारी बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको छ ।