सुर्खेत। दैलेखको भैरबी गाउँपालिका-५ सियाला सामुदायिक वनमा रुख काट्ने क्रममा च्यापिएर दुई जनाको ज्यान गएको छ।
गाउँमा वर्ष दिनको बरखीका लागि सल्लाको रुख काट्ने क्रममा ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाहीलाई रुखले च्याप्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।
घाइते भएका दुई जनालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख सुनिल दाहालले बताए।