काठमाडौं। नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत हङकङविरुद्ध खेल्दै छ।
नेपाली समय अनुसार यो खेल अपरान्ह १२: ४५ बजेदेखि शुरु हुने छ। यस सिरिजमा नेपालले खेलेका ५ खेलमा एक जित र ४ हार बेहोरेको छ र फाइनलको दौडबाट बाहिरिएको छ। नेपालले यस अघि नामिबियासँग दुवै पटक तथा हङकङ र युगाण्डासँग एक एक खेलमा हार बेहोरेको थियो। त्यस्तै आयोजक युगाण्डालाई एक खेलमा पराजित गरेको थियो।
त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ।