दोहोरो अङ्कले बढ्यो बजार मापक नेप्से

दोहोरो अङ्कले बढ्यो बजार मापक नेप्से

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक १७ दशमलव २८ अङ्कले बढेर २७३६ दशमलव ४८ को विन्दुमा पुगेको छ ।

३२३ कम्पनीको ७९ हजार २३६ पटकको कारोबारमा २ करोड २९ लाख ४१ हजार ३६५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार रुपैयाँ रहेको छ ।

१४६ कम्पनीको सेयर मूल्य बढ्दा ८८ कम्पनी राताम्मे छन् भने १० कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये विकास बैङ्क र माइक्रोफाइनान्स घट्दा अन्यमा हरियाली छ । आज माछापुच्छ्रे बैङ्कमा लगानीकर्ता झुम्मिएका छन् ।