मन्त्री नै नआएपछि प्रतिनिधिसभा बैठक स्थगित

मन्त्री नै नआएपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । सरकारका मन्त्री कोही पनि उपस्थित नभएपछि संसद बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले मन्त्री उपस्थित नभएकाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

संसद बैठक सुरु हुनासाथ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा सरकारको प्रतिनिधिको रुपमा कुनै पनि मन्त्री उपस्थित नभएकाले बैठक स्थगित गर्न माग गरेका थिए । उनले सरकारले सदनलाई र जनप्रतिनिधिहरुलाई हेपिरहेको टिप्पणीसमेत गरे ।

त्यसपछि सभामुख घिमिरेले संसद बैठक स्थगित गरेका हुन् । संसद बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ । एकजना पनि मन्त्री उपस्थित नभए संसद बैठक नबस्ने नियमावलीमा व्यवस्था छ