शान्ति श्री र बद्री सापकोटाको लोकदोहोरी गीत 'नगर मायाले मुख छुच्चो' सार्वजनिक

शान्ति श्री र बद्री सापकोटाको लोकदोहोरी गीत 'नगर मायाले मुख छुच्चो' सार्वजनिक

काठमाडौँ । बहुचर्चित गायिका शान्ति श्री परियार र गायक बद्री सापकोटाको नयाँ लोकदोहोरी गीत 'नगर मायाले मुख छुच्चो' सार्वजनिक भएको छ ।

दिनेश गोर्खालीको प्रस्तुति रहेको उक्त गीत दिनेश गोर्खाली अफिसियल युट्युब चयानल मार्फत सार्वजनिक भएको हो । उक्त गीतको लय र शब्द पनि गायक बद्री सापकोटाकै रहेको छ । 

गीतको म्युजिक भिडियोमा विक्रम बुढाथोकी, जुना विश्वकर्मा, दिनेश गोर्खाली र ममता बुढाथोकीको अभिनय रहेको छ । भिडियो विक्रम चौहानले निर्देशन गरेका हुन् । विनोद बाजुरालीले संगित संयोजन गरेका छन् ।