राजावादीले सडक तताउनु आवश्यक छैनः एमाले महासचिव पोखरेल

राजावादीले सडक तताउनु आवश्यक छैनः एमाले महासचिव पोखरेल

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजावादीले सडक तताउन आवश्यक नरहेको बताएका छन् । आज रौतहटमा आयोजित प्रेस चौतारी नेपालको दोस्रो प्रदेश स्तरीय अधिवेशनलाई सम्बोधन गर्दै उनले राजावादीलाई संविधानको मार्गभन्दा बाहिर गएर गएर होहल्ला गर्नुपर्ने आवश्यकता नरहेको बताएका हुन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानमा उल्लेखित सेवा सुविधा राज्यको तर्फबाट प्राप्त गरिराखेको समेत बताए ।


राजतन्त्रभन्दा लोकतन्त्र नै जनमुखी रहेको दाबी गर्दै नेता पोखरेलले विकासको सवालमा जनस्तरमा प्रचारप्रसार नभएकै कारण शासन प्रणालीमाथि प्रश्न उब्जिएको बताए । अहिले मधेसी जनताको पहिलो रोजाई नेकपा (एमाले) रहेको उनको भनाइ थियो ।

कार्यक्रमकाबीच नेकपा एमालेका मधेस प्रदेश ईन्चार्ज लिलानाथ श्रेष्ठले पार्टीले गरेको विकास गतिविधिको सम्बन्धमा आमसञ्चार चुकेको बताए ।