प्याब्सन अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन, अन्य पदमा आज निर्वाचन

प्याब्सन अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन, अन्य पदमा आज निर्वाचन

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन भएका छन् ।

काठमाडौंमा आयोजित १६औं राष्ट्रिय महाधिवेशनबाट अधिकारी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । अन्य पदमा भने आज निर्वाचन हुने छ ।

प्याब्सनको अध्यक्षमा टिका पुरीले पुनः दोहोरिने आकांक्षा राखेका थिए । उनलाई जिताउन नेकपा एमालेले आन्तरिक सर्कुलर नै गरेको थियो । विवाद बढेपछि पुरी पछि हटेका थिए । त्यसपछि अधिकारी सर्वसम्मत अध्यक्ष बन्ने बाटो खुलेको हो ।

प्याब्सनका हालका अध्यक्ष डीके ढुंगाना भन्दा अगाडि पुरीले प्याब्सनको नेतृत्व गरेका थिए ।