Refresh

This website nepaldaily.com/news/23662 is currently offline. Cloudflare\'s Always Online™ shows a snapshot of this web page from the Internet Archive\'s Wayback Machine. To check for the live version, click Refresh.

चार देशीय सिरिजमा आज नेपालले हङकङविरुद्ध खेल्दै

चार देशीय सिरिजमा आज नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौं। नेपालले आज युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज अन्तर्गत हङकङको सामना गर्दै छ।

नेपाली समय अनुसार यो खेल अपरान्ह ४: ४५ बजेदेखि शुरु हुने छ। यस सिरिजमा नेपालले खेलेका दुई खेलमा एक जित र एक हार बेहोरेको छ। त्यस्तै हङकङले पनि २ खेलमा एक जित र एक हार बेहोरेको छ।

नेपालले मार्च १२ मा नामिबियाविरुद्ध, मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ। त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ।