काठमाडौं। सरकारले सोधेको स्पष्टीकरणमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जवाफ पेश गरेका छन्। आइतबार घिसिङले सरकारले सोधेको स्पष्टीकरणको जवाफ पेश गरेका हुन्। उनले जवाफमा आफूलाई उर्जामन्त्री दीपक खड्काले प्रतिशोध साँध्दै स्पष्टीकरण सोध्ने निर्णयका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेको जिकिर गरेका छन्।
स्पष्टीकरणमा उनले भारतसँग विद्युत् खरिदबिक्री सम्झौताको ऊर्जामन्त्री दीपक खड्का र ऊर्जा सचिव सुरेश आचार्यसँग पहिले नै अनुमति लिएको दाबी गरेका छन्।
यस्तै, डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन लाइन काट्दा ऊर्जा मन्त्रालय र विद्युत् नियमन आयोगले जोड्न निर्देशन दिने कार्यले बक्यौता नउठ्दा आफूलाई किन महसुल नउठाएको भन्दै स्पष्टीकरण विरोधाभाषपूर्ण रहेको उनको भनाइ छ।