नयाँ दिल्ली । भारतको अयोध्यामा बिहे भएको भोलिपल्टै बेहुला र बेहुलीको मृत्यु भएको छ । यो घटना अयोध्याको कैन्टको सहादतगञ्ज मुरावन टोलाको हो ।
बेहुलीको शव कोठाको ओछ्यानमा थियो भने बेहुला पङ्खामा झुन्डिरहेको अवस्थामा भेटिएका थिए । बिहान ७ बजेसम्म पनि नवविवाहित जोडी नउठेपछि घरका मानिसहरू उनीहरूलाई उठाउन गएका थिए ।
तर ढोकाभित्रबाट लगाइएको थियो । त्यसपछि परिवारले ढोका फोरिदिए । भित्र हेर्दा दुवैको शव भेटियो । बिहे भएको एक दिन नबित्दै यस्तो घटना देख्दा परिवार त्रस्त भए । दुबैलाई अस्पताल लगिएकामा डाक्टरहरूले मृत्यु भइसकेको औपचारिक रूपमा बताए । यो सूचना पाउने बित्तिकै प्रहरी पनि अस्पतालमा पुगेको थियो । प्रहरीले यस घटनाको छानबिन गरिरहेको छ ।
दुवैको बिहे ७ मार्चमा भएको थियो । शनिवार बिदाबारी भएर बेहुली बेहुलाको घरमा आएकी थिइन् । आइतबार दुवैको रिसेप्सन थियो । घर परिवारले रिसेप्सनको तयारी गरिरहेका थिए । यो घटना अयोध्याको कैन्टको सहादतगञ्ज मुरावन टोलाको भएको बताइएको छ । अहिलेसम्म मृत्युको कारण खुल्न सकेको छैन । दुवैको शव एउटै कोठामा पाइएको थियो ।