काठमाडौं। इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले साउथहम्पटनलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा लिभरपुलले साउथहम्पटनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।
१-० ले पछि परेको लिभरपुलले कमब्याक गर्दै खेल जितेको थियो। लिभरपुलको जितमा मोहमद सलाहले २ गोल गरेका थिए भने डर्विन नुनेजले एक गोल गरेका थिए। त्यसैगरी साउथहम्पटनका लागि विल स्मालबोनले एक गोल गरेका थिए।
यो जितपछि लिभरपुलको २९ खेलमा ७० अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ। त्यसैगरी साउथहम्पटनको भने२८ खेलमा ९ अंक छ र लिगको पुछारमा रहेको छ।