विदेश भ्रमणमा कडाई : सचिव र मन्त्री एकैपटक जान नपाउने, महिला अनिवार्य गर्नुपर्ने

विदेश भ्रमणमा कडाई : सचिव र मन्त्री एकैपटक जान नपाउने, महिला अनिवार्य गर्नुपर्ने

काठमाडौं । सरकारले विदेश भ्रमणमा कडाई गरेको छ। मन्त्रिपरिषद्को बैठकले एउटै मन्त्रालयको सचिव र मन्त्री भ्रमण जान नपाउने पनि निर्णय गरेको हो।  

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सञ्चार मन्त्रालयमा मन्त्रिपरिषद् बैठकका निर्णयहरु सावैजनिक गर्दै उनले दुवै विदेश भ्रमण जाँदा जनताको काममा मर्का पुगेकोले आलोपालो गरि भ्रमण जानु पर्ने निर्णय भएको जानकारी गराए।

उनले मताधिकार प्रयोग गर्ने र हस्ताक्षर गर्नु पर्ने अवस्था बाहेक सामान्य खालका विदेश भ्रमणमा मन्त्री उपस्थिति अस्वीकृत गरिने सरकारको निर्णय रहेको उनले बताए। पत्रकार सम्मेलनमा मन्त्री गुरुङले भ्रमणलाई मर्यादित बनाउँदै सुशासन कायम गर्न सरकारले यस्तो निर्णय लिएको प्रष्ट पारे। 

उनले सरकारी विदेश भ्रमण टोलीमा एक जना महिला अनिवार्य हुनुपर्ने बताए। सरकारले भ्रमण टोलीमा एक तिहाई महिला उपस्थिति हुनुपर्ने सरकारको निर्णय गरेको बताए। उनले सरकारी टोली विदेश भ्रमण जाँदा महिलाको संख्या अति न्यून रहेको बताउदै सहभागितामा जोड दिने सरकारको निर्णय रहेको बताए।