विराटनगर । मोरङको पथरीशनिश्चरेमा युवा–युवती एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
मोरङ्गको पथरीशनिश्चरे–५ का अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ की जाबुमुनी हस्दा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनीहरु दुवै विवाहित हुन् ।
पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको रूखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा उनीहरु फेला परेको प्रहरीले जनाएको छ । मृतक युवतीको विवाह भने मोरङको कटरी गाँउपालिकामा विवाह भएको थियो ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएका हुन् । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको प्रहरीले जनाएको छ ।
घटनास्थल अजयको घरबाट करिब १ किलोमिटर दक्षिणमा पर्छ। मृत फेला परेकी जुबामुनीका पति कान्छा टुडू वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् । मृतक अजयको घरमा पत्नी र २ जना छोरा छन्।
उनीहरु विवाहेत्तर सम्बन्धमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।