काठमाडौँ । थापाथली चोकनजिकै मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको छ । थापाथली चोकबाट नर्भीक इन्टरनेसनल हस्पिटल आउने सडकमा पाइप फुटेको हो । पाइप फुटेर पानी जम्मा भएपछि सडक अवरुद्ध भएको छ ।
माइतिघरमण्डल क्षेत्रमा पाइप मर्मतका लागि पानी बन्द गरिएका कारण थापाथलीको पाइपलाइन फुटेको हो । “माइतिघरमण्डल क्षेत्रमा पाइप मर्मतका लागि पानी बन्द गरिएको थियो ।
त्यसपछि एकैपल्ट पानी छोड्दा थापाथलीमा पाइप फुटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,” मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक टीका चौधरीले भने, “अहिले पानी रोकेका छौँ । यसको मर्मत तल्काल सुरू हुन्छ ।”