च्याम्पियन्स ट्रफीको सेमिफाइनलको समीकरण पूरा

च्याम्पियन्स ट्रफीको सेमिफाइनलको समीकरण पूरा

काठमाडौं। जारी आइसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलको समीकरण पूरा भएको छ। समूह चरणका खेलहरु सकिएसँगै च्याम्पियन्स ट्रफीको सेमिफाइनलको समीकरण पूरा भएको हो।

च्याम्पियन्स ट्रफीको समूह ए बाट भारत समूह विजेता र दक्षिण अफ्रिका उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् भने समूह बी बाट दक्षिण अफ्रिका विजेता र अस्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन्।

अब सेमिफाइनलमा भारतको सामना अस्ट्रेलियाविरुद्ध हुने छ भने न्यूजील्याण्डको सामना दक्षिण अफ्रिकासँग हुने भएको छ।

पहिलो सेमिफाइनल खेल भारत र अस्ट्रेलियाबीच मंगलबार दुबईमा हुने छ भने दोस्रो सेमिफाइनल खेल न्यूजील्याण्ड र दक्षिण अफ्रीकाबीच बुधबार पाकिस्तानको लाहोरमा हुने छ।

च्याम्पियन्स ट्रफीको फाइनल खेल मार्च ९ मा हुने छन्।