रुकुम। रुकुम पूर्वसहित देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा रातिदेखि लगातार वर्षा भइरहेको छ। सदरमुकाम रुकुमकोटसहित जिल्लाभर वर्षा जारी छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु प्रणालीको प्रभावका कारण देशभर मौसम बदली भएको छ। गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा भारी वर्षासँगै हिमपातको सम्भावना छ।
वर्षाका कारण बाढी, पहिरो र चिसो बढ्न सक्ने भन्दै विभागले स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ। केही स्थानमा यातायातमा अवरोध सिर्जना भएको छ भने तापक्रम घटेसँगै चिसो बढेको छ। मौसमविद्हरूका अनुसार आगामी केही दिनसम्म बदलीसहित हल्कादेखि मध्यम वर्षा जारी रहने अनुमान गरिएको छ।