पशुपतिमा सुरक्षा व्यवस्था कडा, ७५ जना पक्राउ

पशुपतिमा सुरक्षा व्यवस्था कडा, ७५ जना पक्राउ

काठमाडौँ । काठमाडौँ प्रहरीले पशुपति क्षेत्रबाट ७५ जनालाई नियन्त्रणमा लिएको छ।  पशुपति मन्दिर परिसरमा शंकास्पद गतिविधिमा संलग्न ७५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए। 

'विगतमा आपराधिक गतिविधिमा संलग्न भएकाहरू, अभद्र व्यवहार गर्नेहरूलाई नियन्त्रणमा लिइएको हो' उनले भने।  पक्राउ परेकाहरूलाई प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालामा राखिएको छ। आपराधिक गतिविधि हुनसक्ने आशंका गर्दै प्रहरीले पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ।  

आज महाशिवरात्री पर्व। पशुपतिनाथको मन्दिरसहित देशभरका शिवलायहरूमा भक्तजनको घुइँचो लागिरहेको छ।