केदार घिमिरेको मुख्य भूमिका रहेको ‘माग्ने राजा’को छायांकन सुरु

केदार घिमिरेको मुख्य भूमिका रहेको ‘माग्ने राजा’को छायांकन सुरु

काठमाडौं । केदार घिमिरे (माग्ने बुढा) मुख्य भूमिकामा रहेको चलचित्र ‘माग्ने राजा’को छायांकन सुरु भएको छ । आज शुभमुहूर्त गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । 
 
चलचित्र ‘माग्ने राजा’ आउँदो तिजमा रिलिज हुनेछ । चलचित्र केदार घिमिरेसँगै आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सन विक्रम राई, मिस पवि र शिशिर बाङदेलको मुख्य भूमिका रहने निर्माणपक्षले जनाएको छ ।

‘माग्ने राजा’लाई ऋषि लामिछानेले निर्देशन गर्नेछन् । पटकथा सामीप्यराज तिमल्सेनाले लेखेका छन् । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन नरेन्द्र मैनालीले गर्नेछन् । 

चलचित्रमा मुनाल घिमिरेको लगानी रहनेछ । चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्दै छ ।