प्रशिक्षकको घाँटी समात्दा कारबाहीमा परे मेसी

प्रशिक्षकको घाँटी समात्दा कारबाहीमा परे मेसी

काठमाडौँ । अर्जेन्टिनी कप्तान तथा इन्टर मियामीका फरवार्ड लियोनल मेसीलाई जरिवाना तिराइएको छ । 

फेब्रुअरी २२ मा मेजर लिग सकरअन्तर्गत भएको खेलमा न्युयोर्क सिटीका प्रशिक्षकको घाँटी समात्न पुगेपछि मेसी कारबाहीमा परेका हुन् । उक्त खेलमा मियामी र न्युयोर्क सिटीले २–२ को बराबरी खेलेका थिए ।

उक्त घटनापछि मेजर लिग सकर अनुशासन कमिटीले मेसीलाई जरिवाना तिराउने निर्णय गरेको हो । तर, कमिटीले कति जरिवाना तिराइएको भन्नेबारे भने कुनै जानकारी सार्वजनिक गरेको छैन ।

यस्तै, मेसीका सहकर्मी लुईस स्वारेज पनि कमिटीबाट कारबाहीमा परेका छन् । स्वारेजले सोही दिन विपक्षी खेलाडी बिर्क रिसाको घाँटीमा पछाडिबाट चिमोटेका जनाइएको छ ।