मिस ग्लोबलमा विधि

मिस ग्लोबलमा विधि

काठमाडौं। कम्बोडिया र थाइल्याण्डमा आयोजना हुने ‘मिस ग्लोबल २०२५’मा नेपालको प्रतिनिधित्व विधि लम्सालले गर्ने भएकी छन्। ‘मिस नेपाल पिस-२०२४’की विधि कार्यक्रममा सहभागी हुन कम्बोडिया सोमबार साँझ पुगेकी हुन्। 

उनलाई प्रतियोगितामा ‘मिस नेपाल पिस’को आयोजक नेक्स्ट मोडल्स नेपालले पठाएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा उनलाई नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले विदाई गरेका थिए।

२४ फेब्रुवरीदेखि ९ मार्चसम्म १५ दिन कम्बोडिया र थाइल्याण्डमा आयोजना हुने प्रतियोगीतामा उनी नेपालको एक्लो प्रतिनिधि हुन्। दुई दर्जन बढी देशका नर्सिङ सुन्दरी सहभागी हुने प्रतियोगितामा उनले नेपालको कलासंस्कृतिसमेत प्रस्तुत गर्नेछिन्।

काभ्रेपलाञ्चोककी विधिले केहीअगाडि २३ नर्सिङ सुन्दरीलाई पछि पार्दै ‘मिस नेपाल पिस’को उपाधि जितेकी थिइन्। लम्सालले नागरिक कलेज अफ हेल्थ साइन्सेसबाट बिएस्सी नर्सिङ अध्ययन गरेकी छन्।