बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाले लिए शपथ

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाले लिए शपथ

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष शपथ लिएका हुन । उनलाई उपप्रधान एवं अर्थमन्त्री, अर्थ सचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतले बधाई तथा सफलता कार्यकालको शुभकामना दिए ।

ओझालाई हिजोको मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।