केपी ओली कपमा मैदानमै रेफ्रीलाई हातपातको प्रयास

केपी ओली कपमा मैदानमै रेफ्रीलाई हातपातको प्रयास

काठमाडौँ । केपी ओली कपअन्तर्गत मंगलबार भएको खेलमा विवाद भएको छ ।  रेफ्रीले रातो कार्ड देखाएपछि रेफ्रीसँग संकटा फुटबल क्लबका विदेशी खेलाडीहरूले विवाद गरेका थिए । 

एपिएफका एलिक श्रेष्ठलाई संकटाका ओवोसु बोटेङले हात हालेपछि रेफ्री ज्ञान बहादुर तामाङले सिधै रातो कार्ड देखाएका थिए ।  जवाफमा संकटाका अन्य विदेशी खेलाडीले रेफ्रीलाई हातपात गर्न खोजे । 

कप्तान दीप कार्की लगायतले विदेशी खेलाडीलाई छुट्याउनु परेको थियो । विवादका बिच सम्पन्न उक्त खेलमा  संकटा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । संकटा क्लब पेनाल्टी सुटआउटमा एपीएफलाई ५–३ ले हराउँदै सेमिफाइनलमा पुगेको हो ।