विना निमन्त्रणा मैदानमा नआउन विशिष्ट व्यक्तिलाई एन्फाको आग्रह

विना निमन्त्रणा मैदानमा नआउन विशिष्ट व्यक्तिलाई एन्फाको आग्रह

काठमाडौँ। अखिल नेपाल फुटबल संघ एन्फाले फाइनल खेलमा निमन्त्रणा बिना मैदानमा नआउन विशिष्ट व्यक्तिहरूलाई आग्रह गरेको छ ।

फाइनल खेलअघि पत्रकार सम्मेलन गर्दै एन्फा कम्पेटिशन डाइरेक्टर सञ्जीव मिश्रले मेयरदेखि सांसद बिना निमन्त्रणा नै मैदान आउने गरेको बताएका छन् ।
विना निमन्त्रणा मैदान आउँदा व्यवस्थापन गर्न गाह्रो हुने भन्दै निमन्त्रणा नभएको विशिष्ट व्यक्ति मैदानमा नआउन मिश्रले आग्रह गरे ।

फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि बुधवार नेपाल र म्यानमार भिड्दैछन् । उक्त खेल दशरथ रंगशालामा साँझ ६ बजेबाट सुरु हुनेछ । उक्त खेलका लागि साधारणतर्फ एक हजार र भीआईपीतर्फ दुई हजार टिकट दर तोकिएको छ ।