लमजुङ केन्द्रबिन्दु भएर भूकम्प

लमजुङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । लमजुङ केन्द्रबिन्दु भएर आज सोमबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका बिहान ९ बजेर ११ मिनेट जाँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका-२, घनपोखरास्थित खुदिखोला आसपास केन्द्रबिन्दु भएर ३ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो। 

भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस गरिएको स्थानीयले बताएका छन्। यत्तिको भूकम्पले क्षति नहुने भूकम्पविद् बताउँछन्।