किर्गिस्तानलाई हराउँदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान

किर्गिस्तानलाई हराउँदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान

काठमाडौं। लेबनान जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भएको छ। आज सम्पन्न आफ्नो अन्तिम खेलमा किर्गिस्तानलाई २-० गोल अन्तरले पराजित गर्दै लेबनान प्रतियोगितामा तेस्रो भएको हो।

लेबनानको जितमा खेलको १३औं मिनेटमा कृष्टि मालोउफले र खेलको २२औं मिनेटमा मया रोजले गोल गरेका थिए।

लेबनान र किर्गिस्तान यसअघिका आफ्ना २ खेलमा नेपाल र म्यान्मारसँग पराजित भएका थिए। किर्गिस्तानले भने प्रतियोगितामा खेलेका तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ।

प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेलमा आजै नेपाल र म्यान्मार खेल्दै छन्। त्यस्तै फाइनलमा पनि नेपाल र म्यान्मार नै आगामी बुधबार खेल्दै छन्।