काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टीको केन्द्रीय कार्यालय प्रमुखमा अर्जुन थपलिया नियुक्त भएका छन् ।
पार्टीको केन्द्रीय सदस्यसमेत रहेका थपलियालाई कार्यालय प्रमुखको जिम्मेबारी तोकिएको हो ।
दोलखा स्थायी निवासी रहेका थपलिया स्थापना कालदेखि नयाँ शक्तिमा सक्रिय थिए ।