काठमाडौँ । त्रिशुली नदीमा खसेर बेपत्ता भएका रोहित रानाको शव ९ दिनपछि फेला परेको छ। उनको शव नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ कालीखोला नजिकै फेला परेको प्रहरीले जनाएको छ।
फागुन २ गते मुग्लिङ-नारायणगढ सडकखण्डको २ किलोबाट मोटरसाइकल त्रिशूली नदीमा खस्दा लमजुङ चन्द्रेश्वर -३ का २७ वर्षीय राना बेपत्ता भएका थिए।
सडक छेउमा बनाइएको वालमा ठोक्किएर उनी चढेको बा प्रदेश-०६-०२ प ९२०४ नम्बरको बुलेट मोटरसाइकल त्रिशुलीमा खसेको थियो। उनी बेपत्ता भएदेखि प्रहरीले खोजी कार्य जारी राखेको थियो।