कैलाली। कैलालीमा विषादी सेवन गरेका आमा र छोरीको मृत्यु भएको छ ।
जिल्लाको कैलारी गाउँपालिका–२ बस्ने ३५ वर्षीया मिना चौधरी र उनकी १९ वर्षीया छोरी सुस्मिता चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
शुुक्रबार दिउँसो कैलारी गाउँपालिकास्थित घरमै नाम नखुलेको विषादी सेवन गरेको अवस्थामा आमा र छोरी भेटिएका थिए । मृतकका छोराले दुुवै जनालाई उपचारका लागि धनगढीको कैलाली अस्पताल ल्याएका थिए तर उनीहरुको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए।
उनीहरुको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।