काठमाडौं। अभिनेत्री शिल्पा पोखरेल सन्न्यासी बनेकी छन्। ओशो तपोवनमा बोधिसत्त्व स्वामी आनन्द अरुणको हातबाट उनले ओशोको संन्यास दीक्षा ग्रहण गरेकी हुन्। शिल्पाले केही दिन अगाडि मात्र पति छविराज ओझासँग सम्बन्ध बिच्छेद गरेकी थिइन्।
अभिनेत्री तथा ओशो सन्न्यासी सोभिता सिम्खडाले सामाजिक सञ्जाल मार्फत शिल्पाले संन्यास दीक्षा लिएको जानकारी गराएकी हुन्।
उनले ओशो परिवारमा शिल्पालाई स्वागत गर्दै लेखेकी छन्, ‘नायिका शिल्पा पोखरेलले ओशो तपोवनमा बोधिसत्त्व स्वामी आनन्द अरुणको हातबाट ओशोको नवसंन्यास दीक्षा ग्रहण गरी माँ प्रेम हाँस्या बनेकोमा अत्यन्त हर्षित छु । अबको आध्यात्मिक यात्राले नयाँ जिन्दगी निर्माण गरी उज्यालो भविष्यतर्फ डोर्यायोस र आध्यात्मिक यात्राले नयाँ अर्थ प्रदान गरोस् धेरै धेरै शुभकामना।’