चितवन । भरतपुर महानगरपालिका–३ पुलचोक स्थित नारायणी नदीको पुलबाट हामफालेका व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
सोही महानगरपालिका–२ आँपटारी बस्ने ७९ वर्षीय खिला शर्मा अधिकारी पुलबाट नारायणी नदीमा हामफालेको अवस्थामा नं १७ गण चितवन बाट खटिएको इमिडियट रेस्पोन्स टिम (आइ आर टी) ले शुक्रबार सकुशल उद्धार गरेको हो । उनलाई उपचारको लागि भरतपुर अस्पताल पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।