हनुमानढोकामा एक व्यक्ति मृत फेला

हनुमानढोकामा एक व्यक्ति मृत फेला

काठमाडौँ । हनुमानढोका एक जना व्यक्ति मृत फेला परेका छन् । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि पुरुष व्यक्तिको शव भेटिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराकाअनुसार अन्दाजी ३०/३५ वर्षका पुरुषको शव बिहीबार बिहान भेटिएको हो । उनको वतनसमेत अहिलेसम्म खुलेको छैन । शवको प्रकृति हेर्दा हत्याजस्तो देखिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

अहिले दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको एक अधिकृतले बताए । ‘प्रारम्भिक अनुसन्धानको क्रममा हत्याजस्तो देखिन्छ, दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छौं’, एक अनुसन्धान अधिकृतले भने ।