रास्वपाले बोलायो सचिवालय बैठक, यी हुन् कार्यसूची

रास्वपाले बोलायो सचिवालय बैठक, यी हुन् कार्यसूची

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबार सचिवालय बैठक बोलाएको छ।

आज दिउँसो २ बजे पार्टी कार्यालय चःमतिमा सचिवालय बैठक बोलाइएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। सचिवालय बैठकमा समसामयीक र पार्टी गतिविधिबारे छलफल हुनेछ।

बैठकमा नियमावली र कार्यविधिहरु (प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१ (कार्यविधि प्रतिस्थापन), र्‍याट नियमावली २०८१, सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१) लगायतमाथि छलफल हुनेछ।

फागुन १६ गतेदेखि पार्टीले सञ्चालन गर्न लागेको सर्वांगीण सम्वाद र केन्द्रीय राजनीतिक प्रशिक्षण तयारीबारे पनि बैठकमा छलफल हुने कार्यवाहक महामन्त्री बुर्लाकोटीले बताए।