नेकपा एसको केन्द्रीय कमिटी बैठक स्थगित

नेकपा एसको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

पार्टीका पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज विदुर सापकोटाको निधन भएपछि बैठक स्थगित गरिएको हो ।पार्टीका उपमहासचिव रामकुमार भट्टराईका अनुसार बैठक भोलि बिहान ११ बजे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जाउलाखेलमा बस्ने छ ।

नेकपा एसले सापकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको पनि बताए । सापकोटाको गएराति हेल्पिङ ह्याण्ड अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको आजै पशुपति आर्यघाट दाहसंस्कार गरिने बताइएको छ ।