काठमाडौं। भारतको ओडिसामा संचालित केआईआईटी विश्वविद्यालयमा नेपाली छात्राको मृत्यु र त्यसपछिका घटनाक्रमबारे त्यहाँको विधानसभामा प्रश्न उठेको छ।
विपक्षी सांसदहरुले घटनाबारे निष्पक्ष अनुसन्धानको माग गरेका छन्। केआईआईटीले नेपाली विद्यार्थीमाथि गरेको अत्याचारका कारण विश्वभर ओडिसाको बेइज्जत भएको भन्दै उनीहरुले सरकारसँग जवाफ माग गरेका छन्।
कांग्रेसबाट ओडिसा विधानसभा सांसद ताराप्रसाद बहिनीपतिले विश्वविद्यालयले नेपाली विद्यार्थीप्रति गरेको व्यवहार अनुचित भएको भन्दै न्यायिक छानविनको माग गरेका छन्।
‘भगवान जग्गन्नथाका कारण नेपाल र ओडिसाको सम्बन्ध छ, यो प्रकरणले विश्वमा नै ओडिला लज्जित हुन पुगेको छ। यसबारे न्यायिक जाँच हुनुपर्छ नत्र म अनसन बस्छु,’ उनले विधानसभामा भने।
विपक्षी दलका उपसचेतक प्रताप देवले पनि ओडिसा विश्वमा नकारात्मक तरिकाले प्रचार भइरहेको भन्दै विश्वविद्यालयको रवैयाको आलोचना गरे।
सत्तारुढ भाजपा सांसद बाबु सिंहले केआईआईटीका संस्थापनक अच्युत सामन्तालाई पक्राउ गर्न माग गरे।