काठमाडौं। अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आजवाट काठमाडाैंमा सुरू हुँदैछ। एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिता आजवाट फागुन १४ सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ।
आज हुने दुइवटा खेल मध्ये पहिलो खेलमा म्यान्मार र लेबनानले प्रतिस्पर्धा गर्नेछन् भने जुन खेल अपरान्ह १ः३० बजेवाट सुरू हुनेछ। आजै हुने दोस्रो खेलमा नेपालले कीर्गिस्तानसँग भिडनेछ, जुन खेल साँझ ५ः३० बजेवाट सुरू हुनेछ।
फिफा वरीयतामा किर्तिस्तान नेपालभन्दा तल छ। हाल कीर्गिस्तानको फिफा वरीयता १२८ औं स्थान छ। कीर्गिस्तानसँग नेपालले अहिलेसम्म १ खेल खेलेको छ। सन् २०१९ कीर्गिस्तानमै भएको नादेज्दा कपमा नेपालले ८–२ को फराकिलो जित दर्ता गरेको थियो।
खेल अघि हिजो आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बादेले भने यो खेलको उपाधिको खडेरी तोड्नका यो प्रतियोगिता राम्रो अवसर भएको बताएकी थिइन्। ‘तयारी राम्रो भएको छ। टोलीको तालमेल मिलिरहेको छ। कम गल्ती गर्दै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौं। कोचको योजनाअनुसार प्रदर्शन गर्न सके उपाधि जित्न गाह्रो पनि छैन्,’ उनले भनिन्।
साथै, नेपालले फागुन ८ मा लेबनान र फागुन ११ मा भने म्यानमारसँग प्रतिस्पर्धामा उत्रनेछ।