एमसीसी अनुमोदन नगर्न नेकपा कार्यदलको सुझाव

एमसीसी अनुमोदन नगर्न नेकपा कार्यदलको सुझाव

काठमाडौँ : अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० को अध्ययन गर्न बनेको नेकपाको कार्यदलले एमसीसी संग जोडिएका सम्झौताहरुमा गम्भीर र आपत्तिजनक बुँदाहरु भेटाएको छ र त्यसलाई अनुमोदन नगर्न नेकपा कार्यदलले सुझाव दिएको छ । अनुमोदन गर्ने हो भने एमसीसीमा रहेका बुँदाहरु सच्चाएर मात्र अनुमोदन गर्नु पर्ने कार्यदलले आफनो प्रतिवेदनमा उल्लेख गरेको छ ।

एमसीसी सम्झौतामा गम्भीर आपत्तिजनक बुँदाहरु भेटिएको संयोजक खनालले प्रतिवेदनमा उल्लेख गरेको छन्। खनालले बुझाएको प्रतिवेदन अनुुसार एमसीसीले अमेरीकाको न्यूयोर्क स्टेटको कानुन नेपालमा लागु हुनेछ भन्नेसम्मका बुँदा रहेछन्।’ संयोजक खनालका अनुसार अहिलेको अवस्थामा एमसीसी पारित भए त्यसले नेपालको राष्ट्रिय स्वाधीनता खतरामा पार्छ। उनका अनुसार गम्भीर र आपत्तिजनक बुँदा हटाएपछि मात्र यसबारे निर्णय लिनुपर्छ।

नेकपाको कार्यदलले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर सुझावसहितको प्रतिवेदन बुझाएको कार्यदल सदस्य भीम रावलले जानकारी दिए। कार्यदलको सुझावमा एमसीसीमा समेटिएका केही बुँदाहरु संशोधन गरेरमात्रै अनुमोदन गर्नुपर्ने उल्लेख छ।