सञ्चारमन्त्रीलाई कानुनी कारबाहीको माग गर्दै नेविसंघद्धारा प्रदर्शन

सञ्चारमन्त्रीलाई कानुनी कारबाहीको माग गर्दै नेविसंघद्धारा प्रदर्शन

काठमाडौँ : नेपाल विद्यार्थी संघ(नेविसंघ)ले बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटालाई कानुनी कारबाही गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ ।

बिहीबार संगठनले गरेको प्रदर्शनका क्रममा प्रहरीले गरेको ज्यादतिको विरोध र बाँस्कोटालाई कानुनी कारबाहीको माग गर्दै प्रदर्शन गरिएको उपसभापति मुक्तिराज पौडेलले जानकारी दिए । बाँस्कोटालाई कारबाही माग गर्दै बिहीबार साँझ गरिएको प्रदर्शनमा प्रहरीले दमन गर्दा अध्यक्ष राजीव ढुंगाना, उपसभापति तुलसा पन्त, महामन्त्री उर्मिला थपलियालगायत दर्जन बढि घाइते भएका थिए ।

शुक्रबार दिउँसो नेविसंघ केन्द्रीय कार्यसमितिको आयोजनामा काठमाडौंको प्रदर्शनी मार्गमा प्रदर्शन गरिएको हो । बाल्मिकी क्याम्पसबाट सुरु भएको प्रदर्शन राष्ट्रिय सभा गृहमा पुगेर पुनः बाल्मिकीमै फर्केर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष ढुंगानाले बाँस्कोटाको राजीनामा स्वीकृत गरेर मात्रै नपुग्ने बताउँदै उनलाई कानुनी कारबाही गरिनु पर्ने बताए । ‘प्रधानमन्त्री ज्यू सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको राजीनामा स्वीकृत गरेर मात्रै पुग्दैन । कोणसभामा उपसभापति पन्त महामन्त्रीद्वय युवराज पाण्डे र दिपक भट्टराईले पनि बाँस्कोटालाई कानुनी कारबाही गर्नु पर्ने र शान्तिपूर्ण प्रदर्शनका क्रममा ज्यादति गर्ने प्रहरीलाई कारबाही गर्नु पर्ने बताएका थिए ।