काठमाडौं। ग्यास व्यवसायी र सरकारबिच सहमति भएको छ। बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरकार र व्यवसायीबिच छलफल भएको थियो।
ग्यास व्यवसायी र सरकारबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलपछि व्यवसायीले १५ दिनका लागि आन्दोलन स्थगित गरेका हुन्।
संघले सरकारले माग पूरा नगरे ग्यास बिक्री वितरण रोक्ने चेतावनी दिएको थियो। आजको छलफलमा व्यवसायीका सबै माग १५ दिनभित्र पूरा गर्ने सरकारले आश्वासन दिएपछि आन्दोलन स्थगित भएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगम सञ्चालक समितिका पदाधिकारीहरू, निगमका कर्मचारीहरू र नेपाल एलपी ग्याँस उद्योग संघका पदाधिकारीहरुबीच छलफल भएको थियो।
फागुन २२ गतेदेखि ग्यास बिक्री बन्द गर्ने उनीहरुले घोषणा गरेका थिए।