काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कांग्रेस सभापति शेरबहादुर देउवालाई आगामी २०८३ साल असारमा सत्ता हस्तान्तरण गर्ने दोहोर्याएका छन्। अहिले कसैले सरकार आजै ढल्छ, भोलि ढल्छ भन्नु हाँस्यास्पद भएको भन्दै उनले ०८३ को असारमा आफूले राजीनामा दिने मिति सुनाएका हुन्। त्यतिवेला पनि अहिले सरकार ढल्छ भन्नेहरुले ‘देख्यौं, सरकार ढल्यो’ भनेर भन्ने ओलीको व्यंग्य थियो।
उनले आफूहरुसँग दुई तिहाईको बहुमत रहेकोले कसैको पार्टीपनि विभाजन नगर्ने स्पष्ट पारेका छन्। उनले भने,‘हामीलाई कसैको पार्टी फुटाउन आवश्यक नै छैन्। हामीसँग झण्डै दुई तिहाईको सरकार छ। किन फुटाउने रु फेरि फुटाउनेपनि कत्रा? कुनै चट्टानजत्रो हो र रु यत्रा यता गिट्टी, ढुंगा फुटाएर के गर्नु? हामीलाई त्यो आवश्यक पनि छैन् र सौखपनि छैन।’
बुधबार काठमाडौंमा आयोजित एमालेनिकट निजामति कर्मचारी संगठन नेपाल निजामति कर्मचारी संगठनको १२औं महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सो क्रममा जित्नेहरुले एकताबद्ध भएर जित्ने गरेको र हार्नेहरुले डेमोक्रेसीको नाममा झगडा गरेर सिद्दिने गरेको टिप्पणी गरे। उनले आफूहरुमाथि बाहृय र भित्री दुवै घेराबन्दी भैरहेको टिप्पणी गरे।