ओलीले अचानक बोलाए प्रचण्डलाई बालुवाटार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई अचानक बालुवाटार बोलएका छन् ।

ओलीले पछिल्लो राजनीतिक घट्नाक्रम र पार्टी राजनीतिका बारेमा छलफल गर्न प्रचण्डलाई बालुवाटार डाकेका हुन् । बिहीबार मात्रै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका थिए ।

‘विकसित घट्नाक्रमका विषयमा म अहिले बालुवाटार जाँदैछु । यो कार्यक्रम थिएन । तर विकसित घटनाक्रमका विषयमा छलफल गर्नुपर्ने भएकाले जानुपर्ने भयो,’ भक्तपुरमा नारायणविलास जोशी स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रचण्डले भने ।

दुई अध्यक्ष तथा प्रधानमन्त्रीबीच मन्त्रिपरिषदका सदस्यहरुको हेरफेर, एमसीसी प्रतिवेदन र पार्टीका बाँकी कामबारे छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।