अमेरिकाको अलास्कामा विमान बेपत्ता

अमेरिकाको अलास्कामा विमान बेपत्ता

वासिङटन डिसी । अमेरिकाको उत्तरपश्चिमी राज्य अलास्कामा बिहीबार १० जना यात्रु बोकेको विमान बेपत्ता भएको छ। बेरिङ एयरको विमान बिहीबार दिउँसो अलास्काको नोमनजिकै बेपत्ता भएको हो।

अलास्का राज्य प्रहरीका अनुसार उक्त विमानमा नौ जना यात्रु र एक जना पाइलट सवार थिए। स्थानीय समय अनुसार अपराह्न ४स्०० बजे उनालाक्लिटबाट नोमतर्फ उडेको विमान बेपत्ता भएको हो। 

यी दुई शहर लगभग १४६ माइल (२३५ किलोमिटर) को दूरीमा अवस्थित छन्। खोजी तथा उद्धारकर्मीहरूले विमानको थप अन्तिम जानकारी प्राप्त गर्न काम गरिरहेको जनाएका छन्। 

अमेरिकामा गत जनवरी ३० मा राजधानी वासिङ्टनमा अमेरिकी सेनाको हेलिकप्टरसँग यात्रुबाहक विमान ठोक्किँदा विमानमा सवार सबै ६७ यात्रुको मृत्यु भएको थियो। त्यस्तै फिलाडेल्फियाको व्यस्त इलाकामा अर्को एक मेडिकल विमान दुर्घटना हुँदा सात जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका थिए।