नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएँ : गोकुल बाँस्कोटा

काठमाडौं : सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् । आफूले प्रधानमन्त्री समक्ष नैतिकताको आधारमा पदबाट राजीनामा दिएको बाँस्कोटाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

सामाजिक सञ्जालमा बाँस्कोटाले लेखेका छन्,‘ मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु । धन्यवाद ।’ उनले राजीनामा दिएको बारे प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले अनौपचारीक जानकारी आएको जनाइसकेका थिए ।